अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुन्छ : प्रचण्ड

images
  • 153
    SHARES
  • चैत्र १६, २०७८ बुधबार
    अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुन्छ : प्रचण्ड
    images

    276063559_518987289620889_903643799413817661_n_20220330125147.jpg

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन । 

    राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए ।नेपालको अपार जलस्रोतको भण्डारलाई  उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानिको रूपमा विकास गर्नुपर्ने बताए । 

    उनले अधाहा उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्दीको यात्रा तय गर्नुपर्ने बताए  ।चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्बाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे ।

    सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकिकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडी बढिरहेको समेत बताए ।विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउदैँ उनले सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने बताए ।

    कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूसालले माओवादी पार्टीको निर्देशनमा २६ हजार न्यून बिधुत खपत गर्ने उपभोक्ता हरूलाई सरकारले निशुल्क बिजुली उपलब्ध गराएको बताईन । कृषी प्रयोजनकालागी खपत हुने बिधुतमा ५० प्रतिसत छुट दिने कामपनि आफैले गरेको भन्दै बिधुत महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताईन् ।

     

    उनले पेट्रोलियम पदार्थको खपत धटाई  बिधुतिय सामाग्री तथा बिधुतिय सवारी साधनमा आकर्सण बढाउन सरकारले काम गरिरहेको बताईन । उनले भनिन् , 'यस शब स्टेसन संचालन संगै गुणस्तरिय बिधुत सेवा प्रवाह गर्न सफलता मिलोस्'।

    कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अघ्यक्ष कुलमान घिसिङले नेपाल बिधुत प्राधिकरणले ५० बर्षे कार्ययोजना बनाई काम अगाडी बढाईएको बताउँदै पूर्बाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend