काठमाडौँ
नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुनेगरी सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ । ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

कोषले साउन १ देखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज निर्धारण गरेको छ ।



