श्रीलङ्कासहित ७ देशका राजदूतले लिए शपथ

images
  • 142
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    श्रीलङ्कासहित ७ देशका राजदूतले लिए शपथ
    images

    काठमाण्डाै 

    विभिन्न सात देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात जना नेपाली राजदूतहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा आज शुक्रवार आज आयोजित एक समारोहबीच शपथ लिएका हुन् । 

    gggggggggggggggggggg.jpg

    शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) हुनुहुन्छ ।

    शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend