१३ वटा विधेयक प्रमाणीकरण

images
  • 151
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    १३ वटा विधेयक प्रमाणीकरण
    images

    काठमाण्डाै 

    राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज शुक्रवार प्रमाणीकरण गर्नुभएको छ ।

    oo.jpg

    - लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
    - आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    - ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
    - राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक
    - नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
    - तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    - यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक 
    - फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
    - नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
    - सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
    - औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक 
    - स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
    - रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक    

    यी १३ वटै विधेयककाे प्रमाणीकरण मिति २०७९३/१३ रहेकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend