जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल

images
  • 117
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल
    images

    काठमाण्डाै 

    जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गर्नुभएको छ ।

    baburam_bhatarai_rLtXqndbsS.jpg

    डा. भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गर्नुभएको हो । साथै उहाँले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतालाई गरेको कारबाही निर्णयको भर्त्सना खारेज गर्नुभएको छ ।

    पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उहाँको भनाइ छ।

    भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते सम्पन्न भएको थियो । त्यस्तै उपेन्द्र यादवको अध्यक्षतामा असार २९ र ३० गते बसेको बैठकले सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend