प्रधानसेनापति र गैरआवासीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

images
  • 498
    SHARES
  • चैत्र १६, २०७८ बुधबार
    प्रधानसेनापति र गैरआवासीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता
    images

    काठमाडौं । नेपालका लागि बंगलादेशका गैर–आवासीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

    30.03.2022_18.39.04_REC.png

    बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापतिको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

    ‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend