पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर

images
  • 120
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर
    images

    कास्की 

    पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे । 

    car_acc_CkqXyYFnRR.jpg

    लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

    कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटरमा पूर्णरुपमा क्षति पुगेकाे कास्कीका प्रहरी निमित्त प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। उहाँले घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे तथा कार चालक वली र कारलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे । 

    कार गाडीलाई ठक्कर दिएर भागेको थियाे ।  लेकसाइडमै रहेको सीआईबीकाे टोलीले कार र चालक वलीलाई नियन्त्रणमा लिएकाे हाे । रातिको समय सडकमा मानिसहरु कम भएका कारण ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend