पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त : राजेन्द्र लिङ्देन

images
  • 113
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त : राजेन्द्र लिङ्देन
    images

    काठमाडौं 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन । 

    Rajendra-lingden-1024x621_20211201134040.jpg

     

    पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको उनको  भनाइ छ ।

    सबै दलहरूसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन अध्यक्ष लिङ्देनले सरकारसँग आग्रहसमेत गरे।पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने लिङदेनको दाबी छ ।

    अध्यक्ष लिङ्देनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend