देवघाट तनहुँ : असार ३२
करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित हरेक वर्षको साउन महिनामा लाग्ने बोलबम मेलालाई मध्येनजर गर्दै बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

इलाका प्रहरी कार्यलय देवघाट र सामुदायिक सेवा केन्द्र संयुक्त आयोजनामा नेपाल प्रहरी र स्थानीयहरुको साझेदारीतामा भएको उक्त सरसफाइ कार्यक्रम देवघाटको पुरानो झोलुङ्गे पुलबाट सुरू भई हरिहर मार्ग गिर्धारीचोक हुँदै टाउनचोकमा आएर समापन गरिएको थियोे ।

सोही सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट एक पवित्र धार्मिक स्थल भएको हुदाँ यसलाई सरसफाइ सधैं गर्नु हाम्रो कर्तव्य रहेको बताउदैँ बोलबम मेलामा देवघाटमा भित्रिने श्रदालु भक्तजनहरूलाई कुनै पनि समस्या नआउने तरिकाले अघि बढ्ने बताउनुभयो ।

साथै अध्यक्ष थापाले मेलामा पालिकाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग पुर्ण रहने बताउनुभयो। बिश्व महामारीको रूपमा फैलिएको कोविडको कारण वर्षेनि हुने बोलबम मेला रोकिएको थियोे भने यो पटक बोलबम मेला भर्नको निम्ति तिर्थालुभक्तजन आउने सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले बताउनुभयो ।

भारतीले हरेक वर्ष मेला पर्वमा मात्रै नभई सरसफाइ सधैं गर्नु पर्ने बताउनुभयो। सो कार्यक्रममा ईलाका प्रहरी कार्यलय देवघाटका प्रमुख हरि नारायण श्रेष्ठले देवघाटमा लाग्ने हरेक मेला पर्व र अन्य अवस्थामा पनि देवघाट आउने आन्तरिक तथा बाह्य तिर्थालु पर्यटकहरुलाई सुरक्षा व्यवस्थापनको अनुभुती हुने गरी सुरक्षा सेवा दिने बताउनुभयो। सो सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,मणि मुकुन्देश्वर चक्रवर्ती टोल विकास संस्था अध्यक्ष अनिल मिश्र,गलेश्वर आश्रम,हरिहर आश्रमका बटुकहरू र स्थानियवासिहरूको उपस्थितिमा रहेको थियो ।




