देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

images
  • 108
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
    images

    काठमाण्डाै 

    नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ ।

    narayankaji_shrestha_QILSbbfWpH.jpg

    देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उहाँको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटाेमा अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

    नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताउनु भयो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहोर्‍याउनु भयो ।

    ‘नेपालमा देशभक्त अगुवा शक्ति वामपन्थी शक्ति हो । यो कुरा कसैबाट छिपेको छैन । अहिले पनि वामपन्थी शक्तिहरु दुई तिहाईभन्दा बढी छन् यो देशमा । अहिलेको विभाजन र चिराचिराको अवस्थालाई छोडिदिने हो भने र एकतावद्ध गर्ने हो भने अनि राष्ट्रियतको रक्षा गर्नका निमित्त पनि देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर सम्पूर्ण अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमती गरेर यो देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनु पर्छ', नेता श्रेष्ठले भन्नुभयो, 'म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिऊँ । घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गराैँ ।’

    नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने पनि बताउनु भयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend