देवघाट तनहुँ : असार ३२
करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा टिबि पिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ क्षेत्री टोल स्थित बसोबास गर्दै आएकी ४५ वर्षिय तारादेवी पन्तलाई उपचार खर्चको लागि ११ हजार ५ सय रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। बिरामी पन्तको एक मात्र छोरा स्याम पन्त आफ्नो बुबाको मृत्यु पश्चात् कुक काम गरेर आफ्नो घर खर्च चलाउनुका साथै आफ्नो बिरामी आमालाई उपचार गरिरहेका छन् ।

तारादेवी पन्त गएको तिन महिनादेखि टिबि रोगसँग लडिरहेका छन् । रकक हस्तान्तरण पछि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आफु निर्वाचित भएर आइसकेपछि बिरामी भएको खबर सुने पश्चात् पालिकाको जनस्वास्थ्य प्रमुख प्रदिव बुढाथोकीलाई चेकजाँचको लागि लग्ने क्रममा स्वास्थ्य अवस्था निकै कमजोर देखेर आफ्नै नेतृत्वमा सहयोग रकम संकलन गरेको उहाँले बताउनुभयो।

सो सहयोग रकम देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिका लेखा प्रमुख उमानाथ ढकाल, देवघाट गाउँपालिकाका वडा नम्बर १ वडा अध्यक्ष मनिराज गुरूङ, वडा नम्बर २ वडाध्यक्ष मीन बहादुर राना मगर, वडा नम्बर ३ वडाध्यक्ष टेक बहादुर आले, वडा नम्बर ४ वडाध्यक्ष मित्रलाल गुरूङ, वडा नम्बर ५ वडाध्यक्ष पूर्ण बहादुर कुँवर र इलाका प्रहरी कार्यलय देवघाटका प्रमुख हरि नारायण श्रेष्ठ र लायन्स क्लव अफ देवघाटका अध्यक्ष दधिराम सापकोटा लगाएत बाट रकम संकलन गरिएको थियो ।





