पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु

images
  • 135
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु
    images

    कुश्मा 

    पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो ।

    current-scaled_20220620214844 (1).jpg

     

    गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् ।

    उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend