देवघाट तनहुँ:असार ३२
तनहुँको देवघाट गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण कार्यक्रम आज एक कार्यक्रम बीच सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले निस्सा वितरण पछि तुरुन्तै नापी तथा नापनक्साको प्रक्रिया अगाडी बढाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुलाई हात-हात रातो लाल पुर्जा दिने बताउनुभयो।साथै उपाध्यक्ष गुरुङले सवै संघ संस्था र सहजीकरण समिति संग समन्वय गरेर अगाडी बढ्ने समेत बताउनुभयो।

सो कार्यक्रममा राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिका ५ वटा वडामा निस्सा वितरण कार्यक्रम भइ रहेको बताउदै निस्सामा आफ्नो कुनै पनि विवरणहरु मिलेको छैन भने तुरुन्तै सम्बन्धि वडा कार्यालयहरुमा निवेदन दिइ सच्चाउन अनुरोध समेत गर्नुभएको थियो।

कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष मनिराज गुरुङ,वडा सदस्य बेल बहादुर गुरुङ,सुन्दर भुजेल,मनमाया गुरुङ,नानुमाया बिक,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,सहजकर्ता प्रशन्न ढकाल,बल बहादुर क्षेत्री,दुर्गालाल गुरुङ,होम बहादुर भाराती, देवघाट १ नम्बर वडाका पुर्व वडा अध्यक्ष भिम बहादुर गुरुङ लगाएको उपस्थिति रहेको थियो।





