देवघाट तनहुँ : असार ३२

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित हरेक वर्षको साउन महिनामा लाग्ने बोलबम मेलालाई मध्येनजर गर्दै बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

देवघाट मणि मुकुन्देश्वर चक्रवर्ती टोल विकास संस्थाको आयोजनामा देवघाटको टाउन चोक हुँदै गलेश्वर चोक वेणी संगम वरिपरि सरसफाइ गरेको थियो।

सोही सरसफाइ कार्यक्रममा देवघाट मणि मुकुन्देश्वर चक्रवर्ती टोल विकास संस्थाका अध्यक्ष अनिल मिश्रले देवघाट एक पवित्र धार्मिक स्थल भएको हुदाँ सरसफाइ सधैं गर्नु बताउनुभयो।साथै अध्यक्ष मिश्रले साउन महिना बोलबम मेलामा देवघाटमा श्रदालु भक्तजनहरूको घुइँचो हुनेहुदा मेला व्यवस्थापनमा टोल बिकास संस्था र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने बताउनुभयो।




