यि १० प्रकारका विलासी वस्तुमा आयातमा सरकारले गर्यो थप कडाई, मोबाईलदेखि मोटरसाईकल सम्ममा रोक

images
  • 102
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    यि १० प्रकारका विलासी वस्तुमा आयातमा सरकारले गर्यो थप कडाई, मोबाईलदेखि मोटरसाईकल सम्ममा रोक
    images

    काठमाडौं 

    सरकारले आयातमा पुर्ण रोक लगाएका १० वस्तुको  प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ ।

    saman-pratibandh_20220717100225.jpg

     

    आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो ।

    नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० सय डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो ।

    मन्त्रालयले गत वैशाख १३ गते निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सबै प्रकारका मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

    त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन्।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend