घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता

images
  • 119
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता
    images

    काठमाडौं 

    घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता भएको छ ।

    ghorahi_20220717113549.jpg

     

    हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवद्र्घन सम्बन्धी सम्झौता गरेको हो ।

    एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्टले नवीनतम प्रबिधि प्रयोग गरि दाङमा सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend