पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै

images
  • 150
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै
    images

    पाँचथर

    पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै छन् । सिसेक्पा भन्नाले साउन महिना र तङनाम भन्नाले पर्व भन्ने बुझिन्छ ।

    news_photo_UGhjoDFZ7Y.png

    साउने सङ्क्रान्तिलाई किराँती समुदाय (विशेष गरेर) लिम्बु समुदायले सिसेक्पा तङनाम भनेर मनाउने गर्दछन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

    सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गएर साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछ ।

    दिउँसो हरियो बाबियोको डोरी बाटेर त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सिसेक्पा तङनाम पूर्वी जिल्लाहरु पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी र लिम्बु समुदायको बसोबास रहेको काठमाण्डौ उपत्यका साथै छिमेकी देश भारतको सिक्किममा पनि मनाइन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend