काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा

images
  • 268
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा
    images

    काठमाडौं 

    काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।

    haijaa_20210923124847.jpg

     

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् । महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ ।काठमाडौं महानगरभित्र असार ३१ गतेसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । कागेश्वरी मनोहरामा आठ र ललितपुरमा तीनजनामा हैजा पुष्टि भएको छ ।

    यस्तै, काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण  नगरपालिकामा पनि हैजा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।

    महाशाखाले हैजा संक्रमणबाट बच्न पानी उमालेर पिउन र खानेकुरा राम्रोसँग पखालेर/पकाएर मात्र खान आग्रह गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend