फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आइतवारदेखि स्रोतमा नै वर्गीकरण

images
  • 141
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आइतवारदेखि स्रोतमा नै वर्गीकरण
    images

    काठमाडौं 

    फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आइतवारदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र संकलन गर्न थालेको छ । 

    fohor_20210318145323.jpeg

     

    यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए । आइतवार महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरक–फरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ  ।  

    महानगरले संकलित फोहर उठाउनका लागि दिन तय गरेको छ ।  यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर संकलन गरिनेछ भने मंगलबार र शुक्रबार नकुहिने फोहर उठाइनेछ । यसरी संकलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा ५ सय रुपैयाँ जरिबाना गरिने छ । 

    जैविक फोहरबाट गड्याैले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहरलाई पुनःप्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहरलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिक समक्ष आग्रह गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend