भारतीय नम्बर प्लेटको स्कर्पियो जिपबाट रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा बरामद

images
  • 127
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    भारतीय नम्बर प्लेटको स्कर्पियो जिपबाट रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा बरामद
    images

    रौतहट 

    भारतीय नम्बर प्लेटको स्कर्पियो जिपबाट रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ ।

    gaja_ko-dhulo.jpg

     

     सशस्त्र प्रहरी बेस क्याम्प  फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित  २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।

    आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल  ४ सि  एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।

    प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।

    बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend