काठमाण्डौ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त

images
  • 139
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    काठमाण्डौ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त
    images

    काठमाण्डौ 

    काठमाण्डौ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । 

    mahanagar_LpE103DRVx.jpg

    उहाँ महानगरकाे सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ ।  महानगरका मेयर बालेन्द्र साह बालेनको अध्यक्षतामा हिजाे बसेको  छैटौँ कार्यपालिका बैठकले याे निर्णय गरेको हो ।  

    साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट मेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले छवटा देशका १३ नगरबाट मेयर, उपमेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । 

    तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना मेयर, उपमेयरसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । 

    चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराउनुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend