सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने

images
  • 141
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने
    images

    काठमाण्डाै 

    नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् ।

    sabitra_bhandari_WYjpG3vy7S.jpg

    गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

    सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् ।

    चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन् । यो सिजन गोकुलमले उपाधि जितेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend