बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने

images
  • 132
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने
    images

    काठमाडाैँ 

    बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ।

    bagmati-pradesh-sabha_20220322170258.jpg

     

    बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

    यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend