एएफसी एसियन कप आयोजनाका लागि चार देशको दाबी

images
  • 160
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    एएफसी एसियन कप आयोजनाका लागि चार देशको दाबी
    images

    काठमाडाैँ 

    एएफसी एसियन कप–२०२३ आयोजना गर्नका लागि चार देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार एसियन कप आयोजनाका लागि चार देशको दाबी परेको जनाएको हो ।

    AFC_FpyCnlmrff_20220718133024.jpg

     

    एएफसीका अनुसार प्रतियोगिता आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका हुन् ।कोरोना महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसियसनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको थियो । 

    एएफसीले दाबी पेस गर्ने चार देशको मूल्यांकन गरेर आयोजक राष्ट्रको घोषणा गरिने जनाएको छ । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend