देवघाट तनहुँ:साउन २
साउनको पहिलो सोमबार आज देवघाटका पशुपति मन्दिर देखी वेणी संगम सम्म बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

क्षेत्र बिकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी बिहानैदेखि दर्शनार्थीको भीड लागेको हुँदा एक महिने मेलामा दिनभरि नै मेला भर्न सकिने भए पनि सोमबार र शनिबार भने निकै भीड लाग्ने जानकारी दिए । साथै अध्यक्ष अधिकारीले मेला व्यवस्थापनको निम्ति अफु सहित विभिन्न संघ संस्था संग समन्वय भएको बताए।

देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले गाउँपालिकाले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको जनाउँदै देवघाट गाउँपालिका भित्र धार्मिक संस्कृतिक पहिचान बोकेका मठ,मन्दिर,खोलानाला,गुफा,गुम्बा,गूठी,चर्चको भौतिक संरचना र विकासमा निम्ति स्थानीय तह देखी प्रदेश र केन्द्र सरकार सम्म पहल गरि धार्मिक पर्यटनको विकास गर्ने बताए । देवघाटमा प्रसिद्ध मन्दिरहरु ,शिवालय र वेणी संगम स्नान गर्न एक महिने साउने मेला सुरु भएको छ ।

साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध मन्दिरहरु शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । देवघाटधामको प्रसिद्ध मन्दिरहरुमा आइतबारदेखि नै एक महिने साउने मेला सुरु भएको देवघाट ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले बताए । देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज हरिनारायण श्रेष्ठले आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै मन्दिरमा लाइन व्यवस्थापन र चारैतिर सुरक्षा व्यवस्थापनको लागी सुरक्षा परिचालन गरिएको जानकारी दिए ।





