मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

images
  • 141
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । 

    deuba_bXVCbBlraN.jpg

    आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले मुक्तकमैया, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीको पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो । 

    प्रधानमन्त्री देउवाले हरुवाचरुवा लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताउनुभयो । मुक्तकमैयालाई आत्मनिर्भर बनाउन, उनीहरूको स्वतन्त्रता र स्वाभिमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend