‘राधा’ फिल्मको तीज गीत रिलिज

images
  • 134
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    ‘राधा’ फिल्मको तीज गीत रिलिज
    images

    काठमाडाैँ 

    भदौ १० गतेका लागि प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’को तीज विशेष गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीजविशेष गीत रिलिज गरिएको हो ।

    teej_geet_w6WiBqCPW5_20220718165339.png

     

    अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य रहेको गीतमा सज्जा चौलागाई र स्वस्तिका ढकालले स्वर दिएका छन् । सिर्जना खत्रीको शब्द रहेको गीतलाई कालीप्रसाद बाँस्कोटाले संगीतबद्ध गरेका हुन् । पशुपति वृद्धाश्रम परिसरमा छायांकन गरिएको गीतको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ ।

    यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रूपमा आउँदैछन् । फिल्ममा सौगातसहित देवकी विष्ट, विक्रम दास जोशी पनि निर्माताको रफिल्ममा दयाहाङ राई, सौगात मल्ल र निश्चल बस्नेत पनि अतिथि भूमिकामा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend