देवघाट ५ नम्बर वडाका ६ वटा टोल बिकास संस्थामा निस्सा वितरण

images
  • 146
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    देवघाट ५ नम्बर वडाका ६ वटा टोल बिकास संस्थामा निस्सा वितरण
    images

    देवघाट तनहुँ:साउन २ गते

    तनहुँको देवघाट गाउँपालिकामा ५ नम्बर वडा को आयोजनामा वडा भित्रका ६ वटा टोल बिकास संस्थाका अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।

    oo.jpg

    जस् अन्तर्गत पिपलटार, कालिकादेवी,बसन्तपुर,देवघाट,कालिका र मणि मुकुन्देश्वर टोल बिकास संस्थागरी ६ वटा टोलका ३ सय ७ जनालाई निस्सा वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले निस्सा वितरण पछि तुरुन्तै नापी तथा नापनक्साको प्रक्रिया अगाडी बढाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुलाई रातो लाल पुर्जा दिने बताउनुभयो।

    r.jpg

    साथै उपाध्यक्ष गुरुङले सवै संघ संस्था र सहजीकरण समिति संग समन्वय गरेर अगाडी बढ्ने समेत बताउनुभयो। निस्सा वितरण कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवर भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण हरेक टोल बिकासहरुमा पुगी वितरण गरेको बताउदै दिगो ५ नम्बर वडा बिकास निम्ति जनसमुदायको मनोभावना बुझेर अगाडी बढ्ने बताउनुभयो।

    yyyyy.jpg

    सो कार्यक्रममा राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका बिज्ञ सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिका ५ वटा वडामा निस्सा वितरण कार्यक्रम भइ रहेको बताउदै निस्सामा आफ्नो कुनै पनि विवरणहरु मिलेको छैन भने तुरुन्तै सम्बन्धि वडा कार्यालयहरुमा निवेदन दिइ सच्चाउन अनुरोध समेत गर्नुभएको थियो।

    h.jpg

    कार्यक्रममा ५ नम्बर वडा सदस्य बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,कमला गुरुङ,सरस्वती परियार,राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका बिज्ञ सदस्य अर्जुन अधिकारी,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कृष्ण सुवेदी,नेकपा एमाले देवघाट अध्यक्ष केशवचन्द्र न्यौपाने,समाजसेवी राधा खनाल,नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति बाबुराम पौडेल,नेपाली काङ्ग्रेस ५ नम्बर वडा सभापति सोमनाथ ढकाल,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,चक्रवर्ती मणि मुकुन्देश्वर टोल बिकास संस्थाका अध्यक्ष अनिल मिश्र,सहजकर्ता प्रशन्न ढकाल,दुर्गालाल गुरुङ,रामहरि पुडासैनी,होम बहादुर भाराती,देवघाट गाउँपालिका शिक्षा शाखाका शुभद्रा भट्टराई र समाजसेवी हिमालय पौडेल,अमर फेवाली,सुर्य बहादुर घर्ती,बिष्णु कमली र निर्मल राना लगाएको उपस्थिति रहेको थियो।

    eee.jpgy.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend