सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी

images
  • 214
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी
    images

    काठमाडौँ 

    सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

    rape_2_.jpg

     

    पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा ५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेल रहेका छन्। भुजेलमाथि आइतबार बेलुका साढे सात बजेको समयमा १२ वर्षीया बालिकालाई पधेरोटोलस्थित कच्ची बाटोमा जबरजस्ती करणी गरेको आरोप छ।

    भुजेललाई हिजो बिहान उनकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend