महिला युरो च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा बेल्जियमको जीत

images
  • 199
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    महिला युरो च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा बेल्जियमको जीत
    images

    एजेन्सी 

    महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा बेल्जियमले जीत निकालेको छ ।  शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    euro-mahia-belgium_20220719094835.jpeg

     

    एसिल न्यूयोर्क स्टेडियम रोदरह्याम साउथ योर्क सायरमा सोमबार राति भएको खेलमा  फ्रान्स आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।  बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

    यही समूहको अर्को खेलमा बेल्जियमले इटालीलाई १–० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियमको जितमा टिन डि केइगनीले ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend