जनार्दन शर्मा प्रकरण : संसदीय समितिले आज सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल गर्दै

images
  • 102
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    जनार्दन शर्मा प्रकरण : संसदीय समितिले आज सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल गर्दै
    images

    काठमाडौँ 

    बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

    sansadiy-toli-arthmantri_20220718095633.jpg

     

    बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएको छ। हिजो बसेको छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियो।

    समितिले  जेठ महिनाको सिसिटिभी फुटेज मगाए पनि असार महिनाको मात्र फुटेज दिइएको थियो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend