बसको ठक्करबाट एक जनाकाे मृत्यु

images
  • 128
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    बसको ठक्करबाट एक जनाकाे मृत्यु
    images

    काठमाडाैँ 

    कैलालीको गौरीगङ्गा नगरपालिका-१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक साइकलयात्रीकाे मृत्यु भएको छ।

    accident_20210214155920.png

    मृत्यु हुनेमा गौरीगङ्गा-२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरकाे सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो।

    घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो।बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend