नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताए

images
  • 106
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको  बताए
    images

    काठमाडौं 

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको  बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए । 

    Ishwor-Pokhrel-3.jpg

     

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।’आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै उनले निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नम्बर १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend