खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल

images
  • 128
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल
    images

    खोटाङ 

     खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल घटाएको छ । 

    light_Xo2aEOjEbp.jpg

    सामुदायिक विद्युत् वितरण केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो । 

    सामुदायिक विद्युत् वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा दुवेकोलमा बसेको बैठकले १ साउनदेखि लागू हुने गरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो । 

    सामुदायिक विद्युत् वितरण केन्द्रबाट रावाबेसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुवेकोल तथा ऐँसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत् उपभोग गर्दै आएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend