नेपाल कानुन व्यवसायी परिषद्ले न्यायाधीशलाई २ करोड रुपैयाँको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण

images
  • 134
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    नेपाल कानुन व्यवसायी परिषद्ले न्यायाधीशलाई २ करोड रुपैयाँको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण
    images

    काठमाडौं 

    नेपाल कानुन व्यवसायी परिषद्ले न्यायाधीशलाई २ करोड रुपैयाँको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधेको छ ।

    rudra-pokharel_20220719112727.jpg

     

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई साथ दिनभित्र जवाफ पेस गर्न परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो । 

    सात दिनभित्र जवाफ पेस नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ । सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको मोलमोलाइको अडियो सार्वजनिक भएको थियो ।

    सार्वजनिक अडियोमा पोखरेलले ‘मुद्दा मिले २ करोड रुपैयाँ तपाईंको भागमा पर्छ’ भनेर प्रलोभन दिइरहेको सुनिन्छ । उक्त अडियोमा अधिवक्ता पोखरेलले ‘माथिबाट’ भन्न लगाउने भन्दै न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend