काठमाडौं महानगरले थप ३ वटा दमकल खरिद गर्यो

images
  • 124
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    काठमाडौं महानगरले थप ३ वटा दमकल खरिद गर्यो
    images

    काठमाडौं 

    काठमाडौं महानगरले थप ३ वटा दमकल खरिद गरेको छ। पुर्वमेयर विद्यासुन्दर शाक्यको पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकल महानगरमा आइपुगेको मेयर बालेन्द्र शाहले जानकारी दिए।

    damakal-KTM_20220719113255.jpg

     

    ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ।’ उनले भने,‘सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्। दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’

    आफ्नै संरचनागत खराबीले गर्दा काठमाडौं आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता भएकाले सचेत र होसियार हुनुपर्ने उनको तर्क छ। ‘सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो। आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ। सावधान रहौँ र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend