कार र टिपर ठोक्किँदा कारमा सवार तीनजना गम्भीर घाइते

images
  • 122
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    कार र टिपर ठोक्किँदा कारमा सवार तीनजना गम्भीर घाइते
    images

    काठमाडाैँ 

     काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका–१० दोलालघाटमा सोमबार बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।  

    accident_20210214155920 (1).png

    चरिकोटबाट काठमाडौं आउँदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।  टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend