संसदीय दलको कार्यालयमा कम्युनिस्ट नेताहरू छलफलमा

images
  • 121
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    संसदीय दलको कार्यालयमा कम्युनिस्ट नेताहरू छलफलमा
    images

    काठमाडौं 

    सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कम्युनिस्ट नेताहरू छलफलमा जुटेका छन् ।

    dddddddddddddddddddd.jpg

     

    भर्खरै सुरु भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी छन् ।तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू छलफलमा जुटेका हुन् । नेकपा विभाजनपश्चात् दोस्रोपटक उनीबीच सामूहिक छलफल भएको हो ।

     

    छलफलमा आसन्न निर्वाचनमा वाम एकता वा गठबन्धनको सम्भाव्यताका विषयमा कुरा हुने बुझिएको छ । नेता गौतमले वाम एकताका पक्षमा आवाज उठाउँदै आएका छन् ।बैठक सुरु हुनुपूर्व प्रचण्ड र खनालबीच छुट्टै छलफल भएको थियो । यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend