बलिउड काम गर्ने विषयमा बोले अल्लु अर्जुन

images
  • 131
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    बलिउड काम गर्ने विषयमा बोले अल्लु अर्जुन
    images

    काठमाडाैँ 

     पछिल्लो समय साउथ इन्डियन फिल्महरूले बलिउडलाई समेत आफ्नो दर्शक बनाइसकेको छ। साउथको फिल्मलाई बलिउडमा रिमेक गर्ने मेकर्सहरुले सेमडेट रिलिज हुने फिल्मको कारण रिमेक गर्न सकेका छैनन् । यस्तै, साउथ इन्डियन अभिनेताहरूको बलिउडमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै हिन्दी फिल्मको अफरहरू समेत गरिरहेका छन् । 

    hhhhhhhhhhhhh.jpeg

     

    केही समय अगाडि महेश बाबुलाई हिन्दी फिल्ममा काम गर्ने विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले बलिउडले आफूलाई अफोर्ड गर्न नसक्ने बताएका थिए । पुष्पामार्फत नर्थ इन्डियामा पनि बलियो फ्यान फ्लोअर्स बनाएका अल्लु अर्जुनले हिन्दी फिल्म आफ्नो कम्फर्ट जोन भन्दा बाहिर रहेको बताए । ‘मैले हिन्दीमा असहजता महसुस गर्ने छु । यद्यपि त्यहाँका दर्शक मार्फत पाएको मायाको कारण फिल्म गर्नेछु’ उनले भने । 

     
    मुम्बईमा अपार्टमेन्ट खरिद गरेका अल्लु अर्जुनलाई हिन्दी फिल्मको प्रस्ताव पनि भइरहेका छन् । यद्यपि उनले सहमति दिएका छैनन् । उनको आगामी फिल्म ‘पुष्पा : द रूल’ अगाडि अन्य फिल्म गर्ने सम्भावना न्यून छ । उनी पुष्पाको सिक्वेलको छायांकनको तयारीमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend