ठगी आरोपमा इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ

images
  • 248
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    ठगी आरोपमा इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ
    images

    काठमाडौँ

    नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।

    kkk.png

     

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन्।

     

    इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै पक्राउ परेका छन्। काठमाडौँ जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्।

     

    सिर्जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। निक्षपकर्ताको ५ अर्ब ८४ करोड ४० लाख एक्काइस हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको आरोप छ।

    विगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाएपछि १ हजार ५३० जना पीडितले सीआईबीमा जाहेरी दिएका थिए।

     

    सोही जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले २०७८ मंसिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो।

    फरार रहेकी सिर्जनालाई मंगलबार रामशाहपथ, काठमाडौँबाट पक्राउ गरिएको एसपी महतोले बताएका छन्।उनीहरुलाई सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभनसमेतमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाइ संगठित रुपमा ठगी गरेको आरोप छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend