न्यायाधीश अधिकारी तानिए सर्वोच्चमा

images
  • 231
    SHARES
  • श्रावण ३, २०७९ मंगलबार
    न्यायाधीश अधिकारी तानिए सर्वोच्चमा
    images

    काठमाडौं 

    सर्वोच्च अदालतले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई काजमा तानेको छ ।

    rrr.png

     

    कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायापरिषद्मा परेको उजुरीका आधारमा न्यायाधीश अधिकारीलाई सर्वोच्चमा काजमा तानेका हुन ।

     

    उनलाई जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको हो ।

     

    सर्वोच्चले यसअघि पनि जिल्ला न्यायाधीशहरु नविन कुमार जोशी, बद्रीप्रसाद ओली, अम्विका निरौला, सूर्यकुमार अधिकारी लगायतलाई सर्वोच्चमा काजमा तानेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend