देवघाट तनहुँ:साउन ३ गते
तनहुँ जिल्लाको देवघाट गाँउपालिका ५ नम्बर वडा स्थित क्वादी,महादेव,जलदेवी टोल बिकास र गाँउ सुधार समिति देवपुर गरी २ सय ८५ जना राष्ट्रिय भुमि आयोग स्थानिय तह स्तरीय सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागी आज निस्सा वितरण गर्दै देवघाट गाउँपालिकाको सवै वडाहरुमा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।

निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गदैं देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले पालिकाको ५ वटा वडाहरुमा निस्सा वितरण सम्पन्न भएको बताउदै तुरुन्तै नापी तथा नापनक्साको प्रक्रिया अगाडी बढाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुलाई हात हातमा रातो लाल पुर्जा दिने बताउनुभयो।

साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको दिगो बिकासको निम्ति सवै संघ संस्था संग समन्वय गरी अगाडी बढ्ने समेत बताउनुभयो। कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले निस्सा वितरणमा सहभागी जनसमुदायहरुलाई निस्सा प्राप्त गरि सके पछि निस्सामा आफुले भरीएका विवरण सहि भए सुरक्षित साथ राख्न र सच्चाउन पर्ने भए सम्बन्धि वडा कार्यालयमा निवेदन दिनुपर्ने बताउनुभयो।उपाध्यक्ष गुरुङले निस्सा वितरण पछि नापी/नक्साका काम चाडैं हुने हुँदा सवै टोलबासीहरुलाई सहजीकरण गरी सहयोग गर्न आग्रह समेत गर्नुभयो।

सो निस्सा वितरण कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई निस्सा वितरण कार्यक्रम देवघाट ५ नम्बर वडाको २१ वटा टोल बिकास संस्थाहरुमा पुगी वितरण गरेको बताउदै ५ नम्बर वडा बासीहरुको मनोभावनालाई बुझेर बिकासका कार्यहरू अगाडी बढ्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका बिज्ञ सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिकाको ५ वटा वडाहरुमा भूमिहीन दलित /भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको बताउनुभयो। उक्त कार्यक्रममा कार्यक्रममा देवघाट गाँउपालिका ५ नम्बर वडा सदस्यहरु बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,कमला गुरुङ,सरस्वती परियार,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जयकृष्ण सुवेदी, नेपाली काग्रेस गण्डकी प्रदेश उप-सभापति राधादेवी खनाल,नेपाली काङ्ग्रेस ५ वडा सभापति सोमनाथ ढकाल,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त, सिताराम संस्कृत माध्यमिक विद्यालय देवघाट चितवनका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकोटा,गाँउ सुधार समिति देवपुरका अध्यक्ष सुकु गुरुङ,सहजकर्ता प्रशन्न ढकाल,दुर्गालाल गुरुङ,रामहरी पुडासैनी,होम बहादुर भारती,देवघाट गाउँपालिका शिक्षा शाखाका शुभद्रा भट्टराई,गैंडाढुङ्गा सामुदायिक वनका अध्यक्ष नर बहादुर गुरुङ समाजसेवी अमर फेवाली लगायतको सहभागिता रहेको थियो ।






