देवघाट तनहुँ:साउन ३ गते
तनहुँको देवघाट गाउँपालिका ५ नम्बर वडा स्थित इलाका प्रहरी कार्यालय देवघाट आयोजना आज देवघाटका पुर्व प्रहरीहरु संग भेटघाट कार्यक्रम सम्पन्न।

कार्यक्रममा कार्यालयको जिम्मेवारी इलाका भित्रका पुर्व प्रहरी कर्मचारीहरू बिच भेटघाट कार्यक्रम भएको हो । त्यस्तै कार्यक्रममा पुर्व प्रहरी कर्मचारीहरुले आफुहरु सेवामा रहि प्रहरी सेवा प्रवाह गर्दा भएका अनुभवहरु साटासाट गरेर सेवाबाट अलग रहेता पनि यस संगठन प्रति पूर्व प्र.क. हरुको मायाँ,सम्मान रहिरहने र यस्ता किसिमका छलफल तथा भेटघाट कार्यक्रमले पूर्व प्र.क. तथा बहालबाला प्र.क. बिच सम्बन्ध प्रगाढ बन्न गई अपराधिक सुचना संकलनमा सहजिकरण समेत हुने बताए ।
समाजमा शान्ति सुरक्षाको प्रत्यायभुति दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्दछ भनि सुझाव दिनुभएको थियोे । उक्त कार्यक्रममा नेपाल प्रहरीमा सेवा प्रवेश गरि श.प्र.बल नेपालबाट स.प्र.ब.उ. दर्जाबाट अवकास प्राप्त पूर्व स.प्र.ब.उ. भगवान मल्ल लगायतका २५ जना पूर्व प्र.क. हरुको उपस्थिती र इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी बरिस्ठ नायव निरिक्षक हरिनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
