अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित

images
  • 112
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित
    images

    काठमाडौं 

    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ ।

    USAA_20210309150513.jpg

     

    सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्र्टिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २ सय ६७ र विपक्षमा १ सय ५७ मत परेको थियो ।

    तर, विधेयक सिनेटबाट पारित हुने विषयमा भने अनिश्चित भएकाे छ । विधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विधेयकको पक्षमा उनीहरू सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो।

    १ सय सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट रहेका छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवालाई समेत सुरक्षा प्रदान गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend