डोटीमा १ अर्ब ५७ लाख रुपैयाँ भन्दा बढी बजेट फ्रीज

images
  • 136
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    डोटीमा १ अर्ब ५७ लाख रुपैयाँ भन्दा बढी बजेट फ्रीज
    images

    डाेटी 

    डोटी जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका अनुसार जिल्लामा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट  फ्रीज भएको हो ।

    doti_KzmxlLGUA1.jpg

    कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जयदेव पन्तका अनुसार जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा जम्मा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

    यसैगरी आर्थिक वर्ष २०७८०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९६५ रुपैयाँमध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५५४ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो । जिल्लामा याे अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend