बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

images
  • 168
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images

    बर्दिया

    बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् । 

    accident_20210214155920.png

     

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो । नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो । 

    बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend