पार्टी प्रशिक्षण भेलामा कड्किँदै ओलीले भने- ‘यस्तो तालले एमालेले गरिखाँदैन’

images
  • 119
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    पार्टी प्रशिक्षण भेलामा कड्किँदै ओलीले भने- ‘यस्तो तालले एमालेले गरिखाँदैन’
    images

    काठमाडौं

    एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाएका छन् ।

    RS_KTM_IMGL924407202022-scaled_20220720132722.jpg

     

    बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे ।

    उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे । ‘यस्तो तालले एमाले गरिखाँदैन । पार्टी यसरी चल्दैन । यो त बेइमान भयो,’ ओलीले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend