नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति

images
  • 223
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति
    images

    काठमाडाैँ 

    गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ । 

    279968906_1001641027390139_6862533440162128983_n_2QUxXFxI7w_20220720135328.jpg

     

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ-आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

    ‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौं,’ घिसिङले भने । अनुशासन समिति  र सुरक्षा समिति  भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्यसचिव घिसिङले बताए । गठन भएका समितिको सचिव प्रशासकीय र कर्मचारी  तथा प्राय: राखेपकै विज्ञ रहेको सदस्य सचिव घिसिङले बताए । नेपाल सरकारले ६० करोडभित्र नवौं प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ ।

      प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जहाँ ३६ खेल आयोजना हुनेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend