नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त

images
  • 208
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त
    images

    काठमाण्डाै 

    नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।

    chitralekha_yadav_bBnar6exOi.jpg

    यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि त्याे पद रिक्त भएको हो । 

    यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गएकाे हप्ता त्याे पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले नियुक्ति गर्नुभएको हो । 

    संसदमा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend