बझाङको केदारस्युँ गाउँपालिका - ७ भामचौरमा पहिरोले दुईवटा घर भत्किए

images
  • 195
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    बझाङको केदारस्युँ गाउँपालिका - ७ भामचौरमा पहिरोले दुईवटा घर भत्किए
    images

    बझाङको केदारस्युँ गाउँपालिका - ७ भामचौरमा पहिरोले दुईवटा घर भत्किएका छन् । मंगलबार राति देखिको अविरल वर्षको कारण घर पछाडिबाट आएको पहिरोले दुईवटा घर बस्न नमिल्ने गरी भत्किएका छन् । 

    pahirooooo_20210910132520.jpg

    घर पछाडिबाट आएको पहिरोले सिङ्गो धामीको दुवै घर पूर्णरूपमा क्षति भएको माओवादी केन्द्रका नेतासमेत रहेका स्थानीय प्रेम बोहराले बताए । मंगलबारदेखि निरन्तर पानी परिरहेकोले घटनास्थलमा प्रहरी  प्रशासन पुग्न नसकेको बताइएको छ । 

     

    घर भत्किएपछि धामीको परिवार आफन्तको घरमा सहारा लिएर बसिरहेको बोहराले बताए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend